ललितपुर । ऐतिहासिक कार्तिक नाच आजबाट पाटनको मंगल बजारमा देखाइने भएको छ। राज सिद्धिनरसिंह मल्लले संचालन गरेको ३८२ बर्ष पुरानो ऐतिहासिक कार्तिक नाच मंगल बजारको कार्तिक दवलिमा आज बात देखाइन लागेको हो। यस बर्ष १० दिन सम्म संचालन गरिने कार्तिक नाच कार्तिक ११ गते सम्म देखाइने कार्तिक नाच सम्रक्षण समिले जनाएको छ। हरेक दिनको पाटन दरवार क्षेत्रमा रहेको नासल चोकमा नाचको तैयारीको लागि नासल ९० जना कलाकर भेला भएर तैयारी गर्दै आएका छन्। विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ। दिनै पिच्छे फरक फरक नाचहरु देखाइदै दैत्य जगाउने परम्परा रहे छ , भने आज पहिलो दिन बाथ: प्याख: (नाच )देखाइने छ। यस नाचको मुख्य आकर्षण नरशिंह अवतार नाच कार्तिक नौ गते देखाइने छ। नाचको अन्तिम दिन गधिलिला नाच देखाइदै नाच समापन हुने छ। ने स ७६१ बात मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउन सुरु गरेको इतिहास रहेको छ।
सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो। उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए। त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।
ऐतिहासिक मल्ल कालको संस्कृति झल्काए यस नाचमा नेवा: समुदायका राजोउपाध्या , जोशी , चित्रकार , प्रधान, मल्ल , श्रेष्ठ , अमात्यलागएत विभिन्न जातको प्रतिनिधत्व गरि त्यो समयका मानिसहरूको रहनसहन, व्यवहार तथा सांस्कृतिक गतिविधिलाई नाचको रुपमा प्रस्तुत गर्दै आएको छ।
आज देखाइने बाथः नाचको बारे –
बाथः नाचको कथामा तीनजना देवताहरू सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु तथा संहारकर्ता महादेव धरतीमा मनुष्यको भेषमा अउने कथा समेटिएको छ। यस नाचमध्ये कलाकरहरूले सबैभन्दा बढी सिर्जनशीलता देखाउन सक्ने यसै बाथः नाचमा हो। बाथः नाचमा प्रयोग हुने मुकुण्डो खास महत्त्वपूर्ण छ। यो मुकुण्डो मनुष्यको छालाबाट बनेको मानिन्छ।