आज :

तास र लङ्गुरबुर्जा खेल्ने १३३ जना पक्राउ, २१ लाख रुपैयाँ बरामद

  • अनलाइन डबली

काठमाडौं । प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका एसएसपी दिनेश मैनालीले जानकारी दिए । ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।

यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal