आज :

जनार्दनलाई पनि आएन तिहारः रातदिन भूकम्प पीडितसँगै, भाइटीका नलगाउने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले  यो तिहारमा भाइटीका नलाउने भएका छन् । भूकम्प पीडितको राहत र पुनःस्थापनामा रातदिन खट‍िएका प्रभाकरले सामाजिक संजालमार्फत यो तिहारमा भाइटीका नलाउने बताएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले रुकुम पश्चिम, जाजारकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको दुःखद् अवस्थामा आफूले भाइटीका नलाउने प्रभाकरले बताएका हुन् ।

‘मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’ प्रभाकरले सामाजिक संजालमा लेखेका छन् ।

माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका प्रभाकर रातदिन पीडितसँगै राहत र पुनःस्थापनामा जुटिरहेका छन् ।

फोटोहरुः 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal