आज :

एसियाली खेलकुदमा रजत पदक जित्ने कराते खेलाडी एरिका सम्मानित

  • अनलाइन डबली

काठमाडौं । एसएस फाउण्डेसन, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।

दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।

उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले दिपावली, छठ तथा नेपाल सम्वत्को शुभकामना दिँदै रजत पदक प्राप्त गरेकी एरिका गुरुङको अझै बढी सफलताका लागि कामना गरे ।

उनले भने, ‘भर्खर १९ वर्ष हुँदा यतिको प्रगति गर्नुभएको छ, उहाँको सफलतामा हामी सबैले गौरव गरेका छौ । नेपालले अरु क्षेत्रमा धेरै केही गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरोस् र जलस्रोतमा भएको सम्भावना र सफलता यो तिहारमा मात्रै होइन्, हरेक पर्वमा नेपाललाई उज्यालो पारोस्, नेपालीलाई सुखद् पारोस् ।’

करातेकी खेलाडी एरिका गुरुङले आफूले हासिल गरेको जित पहिलो देशको र त्यसपछि आफ्नो भएको बताइन् ।

उनले भनिन्, ‘गएर नेपाललाई चिनाउन पाउँदा एउटा बेग्लै नै अनुभव भएको थियो, त्यो सायद म बयान पनि गर्न सक्दिन । आजको यो सम्मानले मेरो मात्र होइन, पूरा खेलप्रेमीहरुको मनोबल बढेको छ । मेरो जितमा पहिला मेरो देशको नाम छ, त्यसपछि मात्रै मेरो हो ।’

रजत पदक एउटा पदकमात्रै नभई वर्षौदेखिको मेहेनतको फल भएको करातेका प्रशिक्षक कुशल श्रेष्ठले बताए । उनले अर्को पटक स्वर्ण पदक जितेर सम्मान लिने आशा गरेको पनि बताए ।

उनले भने, ‘यो रजत पदक एसियन खेलमा गएर एउटा पदक जितेको जस्तो मात्रै देखिएला तर हामीले यसका लागि दिनरात नभनेर वर्षौ मेहेनत गरेका छौं । त्यही मेहेनतको फल हो । हामी नेपालीहरुमा एउटा क्षमता छ, प्रस्तुत गर्न सक्ने स्थानमा पक्कै पनि सफल भएर देखाउने छौ र देखाएकै छौं । अर्को पटक स्वर्ण पदकका लागि सम्मानित हुने मौका पाउने आशा गरेका छौ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal