आज :

कोलला नाका चार वर्षपछि आजबाट खुल्दै

  • अनलाइन डबली

कात्तिक , काठमाडौँ । माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरूलाई लक्षित गरी आज बात कोलला नाका  सञ्चालनमा आउने गरि नाकामा दुवैतर्फ तयारी पूरा भएको छ ।

आज बिहान १० बजे दुवै देशका अधिकारीहरूले औपचारिक रूपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने बताइएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरू ल्याइ पुर्एयाइ सकेका छन् ।

नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण  चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने पाच वटा  कन्टेनर लगाएत अस्थायी पूर्वाधार निर्माण गरिएको छ ।

लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरूका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारण कोरला नाकामा आवतजावत गर्न पाउने छन् ।

कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार  नाका सञ्चालन हुनेभएपछि स्थानीयहरू उत्साहित भएका छन्  ।उक्त  नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि  प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।

अनुमति पत्रका आधारमा  नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउँछन् ।जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पूर्वाधार यस अघिनै निर्माण भैसकेको  छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेकट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बा लगाएत स्थानीय उत्पादन  निर्यात हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal