आज :

यमपञ्चक सुरु: आज काग तिहार, भोलि लक्ष्मी पूजा

  • अनलाइन डबली

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट यमपञ्चक प्ररम्भ भएसँगै सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि प्रारम्भ भएको छ ।

आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ । यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

त्यसैले कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ ।
धनत्रयोदशी (धनतेरस) पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । यो दिन घरमा गक्ष अनुसारको केही न केही सुन,चाँदी लगायतका समग्री किन्ने प्रचलन रहिआएको छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाई बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको हो ।

यो वर्षको भाईटीका कार्तिक २९ गते परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal