काठमाडौँ । सम्पदा अभियन्ताले सरकार संग ऐतिहासिक नयाँ तिर्थ स्थल तथा सम्पदा स्थल निर्माण गर्न १० रोपनी जग्गा माग गरेका छन् । विभिन्न स्थानबाट हराएका मुर्तिहरु प्रहरीले खोजि गरि अथवा भेट्टाईएका मुर्तिहरुलाइ सम्रक्षण गरि नयाँ तिर्थ स्थल निर्माण गर्न अभियान्ता याद्बबलाल कायष्थ, वरिष्ठ गाएक योगेश्वर आमात्य सहितका समुहले आज संस्कृति, पर्यटन तथा नागरिक उद्यान मन्त्री सुदन किराती संग भेट गरि जग्गा उपलव्ध गराइ दिन आग्रह गरेका हुन।
सम्पदा अभियन्ता कायष्थका अनुसार पुरातत्त्व बिभागको भण्डारहरुमा हजारौंको संख्यामा सयौं बर्ष हजारौं बर्ष पहिल्यै निर्माण भईसकेका असाधारण मुर्तिहरु बर्षौं अघिदेखी बेवारिसे अवस्थामा थन्किएर रहेको छ।
ती भगवानका असाधारण मुर्तिहरुलाई सके सम्म भगवान कै घर यथास्थानमा राख्न र यथास्थानमा राख्न नसकेका ती असाधारण मुर्तिहरुलाई जीवन्त बनाउन सम्पदाको उचित संरक्षण गर्न नयाँ तिर्थस्थल नयाँ सम्पदा स्थल निर्माण गर्न सकिने अभियन्ता कायष्थको भनाइ छ।
“ काठमाडौं अरबौं खरबौं खर्च गरेर बिकास भन्दै खाली टावर / बिल्डिंग / बाटो बिस्तार आदिमा मात्रैमा ध्यानाकर्षण भईरहृको छ। नयाँ तिर्थस्थल निर्माण गर्न खासै बजेट पनि धेरै नलाग्ने र असाधारण मुर्तिहरु पहिल्यै हामीसंग भएकोले उचित स्थानमा सरकारले जग्गा उपलव्ध गराउने हो भने , पुर्खाले बनाएका बेवारिसे यस्ता मुर्तिले उचित स्थान पाउने छन्। ” अभियन्ता कायष्थले भने
मन्त्री किरातीले अभियानताहरुले गरेको अनुरोधलाइ सकारात्मक रुपमा लिनु भएको छ। यस बिषयमा अत्यन्तै सकारात्मक हुनु भएका उहाले चाडै सो सम्बन्धमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग विभागमा लामो समय देखि भेत्ताइएका तथा प्रहरीले विभिन्न स्थानबाट बरामद गरि स्थान उल्लेख नभएका यस्ता मुर्तिहरु बन्द कोठा बात प्रक्रिया पुर्याएर उचित स्थानमा प्रतिष्ठापन गर्नु पर्ने बताउनु हुन्छ।