आज :

रेमिट्यान्समा नयाँ रेकर्ड, विदेशी मुद्रा सञ्चितीले एक बर्ष आयत धान्ने

  • अनलाइन डबली

काठमाडौं । नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको छ । विदेशी मुद्रा सञ्चिती खुम्चिँदै गएपछि अर्थतन्त्र संकट उन्मुख भएको बताउन थालिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक बर्षको लागि आयत पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ ।

केन्द्रीय बैंकका अनुसार रेमिट्यान्स पनि बढेको छ । असोज महिना २०८० मा रेमिट्यान्समा कीर्तिमान बनेको छ । असोजमा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

चालुआर्थिक वर्ष २०८०÷८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । पछिल्लो तीन महिनामा मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।

राष्ट्र बैंकसँग विदेशी मुद्रा १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको छ ।

हालको विदेशी मुद्रा सञ्चितिले अहिलेको आयातलाई आधारमा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal