
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ले कान्तिपुरमा आज प्रकाशित समाचार भ्रमपूर्ण र खेदजनक भएको बताएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विहीबार एक विज्ञप्ति जारी गरेर ‘भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहिन राजनीति’ शिर्षकमा आज प्रकाशित गरेको समचारमा कुनै सत्यता नभएको भन्दै खेद व्यक्त गरेका छन् ।
“यो विपदको समयमा यस प्रकरका भ्रम सृजना हुने गरि तथ्य र वास्तविकता भन्दा टाढा रही भ्रम पूर्ण बिषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ। साथै, उक्त माचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै यो र यस्ता अन्य समाचारहरु सम्बन्धित निकायहरु बात आधिकारिकता बुझेर मात्र सम्प्रेषण गर्नु र गराउनु हुँन समेत सम्बन्धित सबैमा अनुरोध छ” विज्ञप्तिमा भनिएको छ ।