आज :

सरकारले विराटनगर, मूलपानी र भरतपुर क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेटमा नेपाली खेलाडीहरुले गरेको राम्रो प्रदर्शनको गम्भीरतापूर्वक छलफल गरी मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“विराटनगर, मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भन्ने निर्णय भएको छ । अहिले क्रिकेटमा नेपाली खेलाडीले गरेको राम्रो प्रदर्शनका विषयमा गम्भीरतापूर्वक छलफल भएको छ” मन्त्रिपरिषद् बैठकपछि शर्माले भनिन् ।

लामो समयदेखि निर्माणको काम अवरुद्ध भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण परियोजना अघि बढाउने पनि निर्णय गरेको शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal