आज :

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

  • अनलाइन डबली

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“प्रधानमन्त्री र सबै मन्त्रीहरुले भूकम्प पीडितहरुको लागि एक महिनाको पारिश्रमिक दिने भन्ने पहिलो निर्णय भएको छ” शर्माले भनिन् ।

विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको उनले जानकारी दिइन् ।

सरकारको प्रवक्ता समेत रहेकी शर्माले “विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गराउने भन्ने पनि निर्णय भएको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal