काठमाडौँ महानगर प्रहरी वलले तिहारका लागि बिक्रि गर्न राखिएका विभिन्न प्लास्टिक जन्य फुल तथा माला जफत गरेको छ। महानगर प्रहरी टोलीले बजार अनुगमन गरि झन्डै दुइ दर्जन बोरा प्लास्टिकका फुल तथा सजावटका सामग्री जफत गरेको हो। व्यापारीले दशैँ, तिहार र छाठलाइ लक्षित् गर्दै प्लास्तिकका फुल , सजावटका सामान बिक्रि गर्दै आएका छन्। वन तथा वातावरण मन्त्रालयले कार्तिकको पहिलो हप्ता प्लास्टिकको फुल माला बिक्रिवितरण गर्न रोक लगाउदै सुचना जारि गरेको थियो। सुचनाको आधारमा महानगरले बजार अनुगमन गर्दै प्लास्टिकको फुल तथा माला जफत गरेको जनाएको छ ।