Skip
आज :

रेशम चौधरीविरूद्धको मुद्दाको सुनुवाइ स्थगित

  • अनलाइन डबली

काठमाडौँ   ।रेशम चौधरीविरूद्धको मुद्दा आजका लागि तोकिएकोमा सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल बात चौधरीले बाँकी कैद मिनाहा हुने गरी माफी पाएका थिए । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले  राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिको कार्यालय शीतल निवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ  दायर गरेको रिटमा आज तोकिएको अन्तिम सुनुवाइ स्थगित भए को हो ।

क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहलाई बदर गरिदिएको थियो  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal