आज :

चीन सरकारले भूकम्प पीडितलाई गर्यो अहिलेसम्मकै ठूलो सहयोग, गृहमन्त्रीले बुझे झण्डै ४० करोडको राहत सामाग्री

  • अनलाइन डबली

पोखरा। जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि अहिलेसम्मकै ठूलो सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड बराबरको राहत सामाग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएका छन् ।

आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गर्नुभयो। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो  दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा  समवेदना व्यक्त गर्नुभयो। नेपाल र नेपाली जनताको दुस्खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेको उनले बताए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा  पठाउने तयारी छ।

यसअघि चीनले दिएको १० करोड बराबरको सहयोग सामाग्री रसुवा नाका हुँदै प्रभावित क्षेत्र पठाइएको थियो । चीनले दुई चरण गरी झण्डै ४० करोड बराबरको सहयोग गरेको छ । जाजकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्प पीडितको लागि यो अहिलेसम्मकै ठूलो सहयोग हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal