आज :

शेष घलेको नेतृत्वको गएको एनआरएनए टोली जाजरकोट-रुकुममा राहत बाड्दै, भूकम्प पीडित खुशी

  • अनलाइन डबली

सुर्खेत । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संरक्षक डा. शेष घलेको नेतृत्वमा गएको राहत सामाग्री पीडितले पाएका छन् । ग्लोबल एनआरए फाउण्डेसन र एमआईटी ग्रुप फाउन्डेसनको संयुक्त टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर पीडितलाई राहत सामाग्री बाडेको छ ।

टोली रहेका एनआरएनए अभियान्ता दिपेश खत्रिका अनुसार डा. घले आफै जाजरकोट र रुकुम पश्चिम पुगेर पीडितसँग साक्षात्कार गरेका छन् । रुकुम पश्चिमका आठबीसकोट नगरपालिकाको वडा नं. १३ का पीडितलाई पुग्ने राहत सामाग्री बाँडेको खत्रिले जानकारी दिए ।

त्यसैगरी जाजरकोटको रावत गाउँमा पनि घले आफै पुगेका छन् । अहिले भूकम्प पीडितसँग अन्तरक्रिया भइरहेको छ ।
एमआईटी फाउण्डेसनका संस्थापक समेत रहेका डा. घलेले दीर्घकालिन रुपमा अनुभूत हुनेगरी सहयोग गर्न खोजेको र त्यसको लागि पीडितसँग अन्तरक्रियामै रहेका छन् ।

“संघका संरक्षक डा. शेष घलेज्यूले दीर्घकालिन रुपमा अनभूती हुनेगरी सहयोग गर्न खोजिरहनुभएको छ । त्यसको लागि अहिले पनि उहाँ पीडितसँग छलफलमै हुनुहुन्छ” खत्रिले बताए ।

संघले बढी प्रभावित बस्तीमा पुग्नेगरी राहत सामाग्री वितरण गर्ने नीति लिएको छ । सस्तो प्रचारको लागि धेरै बस्तीमा नपुग्ने र गएको ठाउँका पीडितलाई अनुभूति हुनेगरी सहयोग गरेको खत्रिले बताए ।

खाद्यन्नसँगै त्रिपाल, न्यानो कपडासहितको राहत सामाग्री पाउँदा पीडितहरुले डा. घलेसहितको एनआरएनएको टोलीलाई धन्यवाद समेत दिएका छन् ।

डा. घलेसँगै संघका सल्लाहकारहरु एसि शेर्पा तथा श्याम तामाङ्ग र एमआइटी ग्रुप फाउण्डेशनका संचालक सुरेश चित्रकारसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन, पीडित तथा जनप्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको छ ।
यसअघि संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको अर्चुअल बैठकले संरक्षक घलेको नेतृत्वमा प्रभावित क्षेत्रमा जाने निर्णय गरेको थियो । बैठकमै एक करोडभन्दा बढी सहयोग रकम जुटेको थियो । त्यस्तै, एनसीसी र व्यक्तिगत रुपमा सहयोग गर्ने क्रम जारी रहेको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

फोटोहरुः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal