आज :

न्याय खोज्दै १५५ दिनदेखि धर्ना, राज्य मुक दर्शक बनेको आरोप

  • अनलाइन डबली

काठमाडौं । न्यायको माग गर्दै धनुषाको एउटा परिवार काठमाडौंको माइतीघरमा धर्ना बसेको १४४ दिन बितेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष घाम, पानी सहेर धर्नामा बसिरहेको हो । दाइजोका नाममा आरतीको हत्या भएको दाबी गर्दै उनीहरू असार १ देखि धर्नामा बसेका छन् ।

उक्त आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ तर सुतेको भान गर्ने मानिसलाई उठाउन गाह्रो हुने भन्दै अहिलेको सरकारले सुतेको भान गरिरहेको बताएका छन् ।

उनले सामाजिक न्यायका लागि सबै नेपाली एक स्थानमा आएर लड्नु पर्ने भन्दै छिटोभन्दा छिटो सरकार, सम्बन्धित निकायले यो घटनाको समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ तर सुतेको भान गर्नेलाई उठाउन गाह्रो हुन्छ । सरकार सुतेको भान गरिरहेको छ । त्यसकारण हामी सबै जो जस्तो भएपनि विचारभन्दा माथि उठेर सामाजिक न्यायका लागि एकता कायम गर्नुपर्छ । हामी सबै नेपाली एक स्थानमा आएर नेपालीमाथि भएको अन्यायको विरुद्धमा लड्नु पर्छ ।’

यस्तै, उनले राज्यले न्याय दिनुपर्ने आफ्नो कर्तव्य पूरा नगरेको भन्दै पीडितहरु न्यायको लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएर बसिरहेको बताए ।

उनले भने, ‘जुन किसिमले जनकपुर निवासी आरती साहका परिवार न्याय पाउँ भनेर १४४ दिनसम्म सडकमा उभिएका छन् । वास्तवमा राज्य आफैंले अन्याय भएको स्थान खोजेर न्याय दिनुपर्ने हो तर पीडितहरु नै न्यायका लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएर बसिरहेको छ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal