आज :

निगमको विमान भुकम्प पिडितका लागि निः शुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानीमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल वायु सेवा निगमले भुकम्प पिडितका लागि निः शुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन अनुसार नेपाल वायुसेवा निगमको ट्वीनअटर विमानबात शनिबार देखि नै परिचालन भई उद्दार गर्दै आएको हो। निगको विमानले रुकुम तर्फ उडान भरी नेपाल सरकारको समन्वयमा घाइतेहरुलाई नेपालगञ्ज तथा काठमाण्डौं सम्म उद्दार गरी लगिएको र उक्त विमानमार्फत निगमले सो क्षेत्रमा आफ्नो सेवा सुचारु राखेको छ । भूकम्प प्रभावित क्षेत्रबाट उद्दार गरिएका घाइते र कुरुवाको हवाई भाडा सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले निःशुल्क गर्ने निर्णय गरेको छ । साथै, नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामाग्री समेत जहाजको क्षमता र ठाउँ उपलव्धताको आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निःशुल्क ढुवानी गरिनेछ निगमले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal