आज :

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट: गुल्सन झा उत्कृष्ट खेलाडी घोषित

  • अनलाइन डबली

काठमाडौं । तीव्र गतिका नेपाली बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका गुल्सनले मोटरसाइकल पाए। ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए।

ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए। विलालले ५ खेलमा ११ विकेट लिएका थिए।

आइतबार भएको फाइनलमा सुपर ओभरमा नेपाल ओमानसंग पराजित भएको थियो ।

नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले हराउँदै टी–२० विश्वकपमा स्थान बनाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal