आज : २०८१ फाल्गुन, ११

भूकम्क पीडितको उद्धार कर्यमा प्रधानमन्त्री धन्यवादको पात्र हुनुहुन्छः काँग्रेस नेता तथा सांसद शाह

  • अनलाइन डबली
  • २०८० कार्तिक १९ गते   बिहान १०:३३ बजे

काठमाडौं । जाजरकोटका प्रदेश सांसद राजिव विक्रम शाहले, भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि सरकारले गरेको प्रयासको खुलेर प्रशंसा गरेका छन ।

नेपाल न्युज बैंकसंगको कुराकानीमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका सांसद शाहले, प्रधानमन्त्री आफैले सक्रियताका साथ बिहानैदेखि भूकम्प पीडित नागरिकको उद्धारमा देखाएको तदारुकताको खुलेर प्रशंसा गरेका हुन ।

उनले भने ‘धन्यवादको पात्र प्रधानमन्त्री नै हुनुहुन्छ । बिहानै भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री स्वयं जानुभयो । त्यहाँ गम्भिर घाईते धेरै नै थिए । जतिवटा हामीले हेलिकप्टरमा अटाउन सक्थ्यौँ । हामीले हाल्यौं र खास गरेर यो भिभिआइपी फ्लाइटमा अरु चढ्ने त्यस्तो हुँदैनथ्यो तर यस पालि प्रधानमन्त्रीले नै हाल्नु भनेपछि हामीले बिरामीहरूलाई हालेर रुकुम काभ्रे चौरजहारी एयरपोर्टमा लिएर आऔँ ।’

उनले यस पटक सङ्कटमा सबै सरकारी निकायबीचको समन्वयलाई लिएर सन्तुष्टि प्रकट गरे । यसअघि बारम्बार ताकेता गर्दा समेत समस्या समाधानमा चासो नदिने गरिएको स्मरण गर्दै उनले यस पटक मन्त्रालयगत रुपमासमेत राम्रो समन्वय भएको अनुभव साटे । ‘पहिले मन्त्रीले प्रतिक्रिया दिँदा विभागले प्रतिक्रिया नदिने र विभागले प्रतिक्रिया दिँदा मन्त्रालयले नदिने भएको थियो । अहिले तीन बजे नै प्रधानमन्त्री ज्यूले स्वास्थ्य मन्त्रालयलाई पनि फोन गरेर निर्देशन दिनुभयो ।

मन्त्रालयले पनि निर्देशन दिइसकेको थियो । सबै मन्त्रालयहरू तयार भएर बसेका थिए । यत्रो धेरै क्षति भएको ठाउँ पनि २ बजेसम्ममा नै धेरै जस्तो घाइतेलाई उद्धार गरेर सुर्खेत र नेपालगञ्जसम्म  ल्याई सक्नु धेरै ठूलो कुरा हो ।’

शाहसंगको अन्तर्वार्ता

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal