आज :

भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझे, अन्त्येष्टीको तयारी

  • अनलाइन डबली

सुर्खेत । रामीडाँडा केन्द्र भएर गएको भूकम्पमा परी ज्यान गुमाउने १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । प्रहरीका अनुसार  ३७ शव भने बुझाउन बाँकी रहेको छ । उनीहरुका आफन्तलाई सम्पर्कमा ल्याउन स्थानीय प्रशासनले प्रयास जारी राखेको छ ।

गृहमन्त्रालयका अनुसार शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

शव बुझेकाहरुले अन्त्येष्टीको तयारीमा लागेका छन् ।

भूकम्पका कारण भौतिक संरचनामा व्यापक क्षति भएको छ । सरकारले पीडितलाई लक्षित गरी विशेष राहत प्याकेजको घोषणा गर्न मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal