आज :

उपाधिका लागि नेपाल र ओमानबीचको खेल आज हुँदै

  • अनलाइन डबली

काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएर दुवै टोली विश्वकपमा पुगेका थिए ।

ओमानसँग समूह चरणको खेलमा पाँच रनको पराजय भोगेको नेपालले शुक्रबार युएईलाई ८ विकेटले हराउँदै विश्वकप यात्रा सुरक्षित गरेको थियो । नेपाली टोलीको मनोबल उच्च छ । आज घरेलु मैदान र दर्शकको साथले नेपाल झनै बलियो बन्नेछ । ओमानले पनि जारी खेलमा राम्रो प्रदर्शन गरेको छ । यी दुई टोलीबीचको खेल आज निकै रोचक हुने देखिन्छ ।

नेपाली टोलीका युएईविरुद्ध मैदान आएका दीपेन्द्रसिंह ऐरीले भने फाइनल खेल चोटका कारण खेल्ने छैनन् । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले आइतबारको खेलको कप्तानी गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal