आज :

डोटीमा जिप दुर्घटना,आठ महिने शिशुसहित चारको घटनास्थलमै मृत्यु,पाँच घाइते

  • अनलाइन डबली

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार महिनाको शिशु सहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको छन् । एकको अवस्था गम्भीर रहेको छ । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौल,केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र उनको ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका– ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, ,२१ वर्षीया विमला मलाल, २१ वर्षकै राजबहादुर मलाल र २४ वर्षीय दानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal