आज :

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु, जनतासँग गरेका वाचा अधुरै रहे 

  • अनलाइन डबली

काठमाडौं । गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा सरिताको मृत्यु भएको हो ।

गत स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएको सरिता निर्वाचित भएकी थिइन् ।

जनशैली भएको उपप्रमुख सिंहले जनतासँगै हातेमालो गर्दै आइरहेकी थिइन् । उनी आफूले चुनावमा गरेका प्रतिवद्धता पूरा गर्न जनतासँग थिइन् । तर, जनतासँग गरेका वाचा पूरा नहुँदै भूकम्पमा परेकी हुन् ।

भूकम्पले अहिलेसम्म जाजारकोटमा सिंहसहित ९२ जनाको मृत्यु भइसकेको छ । अझैं गम्भीर घाइतेको मृत्यु हुन सक्ने बताइएको छ । अहिलेसम्म ५५ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी भूकम्पले रुकुम पश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म रुकुम पश्रिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

शुक्रबार मध्यराति ११ः४७ बजे ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal