आज :

छोराछोरीसहित आमाको सामुहिक हत्या प्रकरणः ८ दिनपछि सामुहिक दाहसंस्कर, हत्यारा अझै पत्ता लागेन

  • अनलाइन डबली

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुनेगरी भएको सामुहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसस्कार गरिएको छ ।

घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिनपछि हत्या गरिएका आमा र ३ छोरा, छोरीको दाहसस्कार गरिएको हो ।
घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले लास बुझ्न मानेका थिएनन ।

घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारि पाएको थियो । जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरिले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पु¥याइएको थियो ।

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिएर अनुशन्धान तीव्र बनाउँदै आएको छ ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो ।

घटनाको प्रकृति,अनुसन्धानको प्रगतीबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमै आफै पुगेका छन् । तर अहिलेसम्म कसले र किन हत्या गर्यो भने खुल्न सकेको छैन ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाइ उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नु भएको हो ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्न सक्ने प्रहरीले बताएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ ।

हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान दिपक बोहोरा विहीवार विहानैदेखि बेपत्ता भएका थिए । सबैतिर प्रहरी र स्थानीयहरुले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।

शुक्रबार विहान नगरप्रमुख विष्णु कुमार भाम आफन्तहरुको सम्झाइ बुझाइ पछि दिपक बोहोरा लास बुझ्न र दाहसस्कार गर्न सहमत भएका थिए ।

आमा श्रीदेवि बोहोरा र ११ बर्षिय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वर्षीय छोरी अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको नगरप्रमुख भामले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal