आज :

यूनाइटेड सहकारी र गेष्टहाउसको ज्यादतिमा परे घरधनी, दलबलसहित प्रतिबादमा उत्रियो क्रान्तिकारी माओवादी

  • अनलाइन डबली

कठमाडौं । विगत ६ महिनादेखि मासिक ६० हजारका दरले भाडा तिर्दै आएको बालाजू स्थित सुरेन्द्र पुनको घरबाट हट्न अटेर गरिरहेको बुटवलका गोपाल भट्टराईको सूर्योदय गेष्टहाउसलाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी दलबलसहित बिहिबार घर खालि गराउन पुगेको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको तत्कालिन् नेकपा(बहुमत)को न्याय तथा कानुन् विभाग प्रमुख कृष्ण धमला र घर धनी सुरेन्द्र पुनबीच पाँच वर्षका लागि घरबहाल सम्झौता भएको र आफूहरु त्यहाँ बस्तै आएको धमलाले बताए । करिब ७/८ महिनादेखि अरुलाई घर भाडामा दिइसकेकोले खालि गरिदिनु भनेर अनुरोध गर्दा पनि उल्टै आफूलाई युनाइटेड सहकारीको आडमा धाकधम्की दिने र झगडा गर्दै आएको घरधनी सुरेन्द्र पुनको आरोप छ ।

पटकपटकको झगडाको क्रममा प्रहरीमा पुग्ने र घर खालि गर्ने तर अन्त व्यवस्था नहुन्जेल नियमित बहाल तिर्ने भनेर सहमति गर्ने गरेको भएपनि कुनियतका साथ बहाल नतिरी आफ्नो घकब्जा गरिरहेको पुनको जिकिर छ । गेष्टहाउस सञ्चालक भट्टराई आफूले ठूलो लगानी गरेर १० वर्षदेखि गेष्टहाउस चलाईरहेको र नियमित भाडा तिरिहेको दाबी गर्छन् । भट्टराईले सहकारीसँगको मुद्धलाई बहाना बनाई,भाडा नतिरी गैर कानुनी र अनैतिक कार्य गर्दै आएको र जसले गर्दा छिमेकीलाई पनि असर परेको गुनासो आउने गरेको धरधनी पुन बताउँछन् । ‘बहाल सम्झौता पनि नभएकाले गेष्टहाउस कत्ति त्यहाँ बस्न नमिल्ने हो ।’ घरधनी पुन थप्छन् ।

उता यूनाइटेड सहकारीले गैरकानुनी ढंगबाट अड्डा अदालत,प्रशासनिक निकायलाई प्रभवमा पारी आफ्नो घरलाई कब्जा गर्न थालेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई घरबहालमा दिएको र अबको सम्पूर्ण लडाई सोही पार्टीले लड्ने बताए ।
सोही अनुसार बारबार पार्टीको न्याय विभावगले गेष्टहाउस सञ्चालकलाई बारम्बार घरखालि गर्न अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर आफूहरुले बहिबार शक्तिसहित उत्रनु परेको धमला बताउँछन् । “शुक्रबार होटल व्यवसायी संघसहित हामीहरु वार्ता गरेर गेष्टहाउस सञ्चालकलाई सहज तरिकाले वहिर्गमन गर्न भन्ने छौं नमाने अर्को एक्सनमा जान्छौं” धमलाले बताए । झण्डै २/३ सय नेता कार्यकर्तासहित पुगेका सो पार्टीका आर्का नेता जुनतारा मगरले सोझो सुरेन्द्र पुनलाई जाली र ठग सहकारीले पेलिरहेको र आब आफ्नो पार्टीले सहकारी घेर्ने तयारी गरेको बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal