आज :

राष्ट्रियसभा र प्रतिनिधिसभाका चालू अधिवेशन अन्त्य, अब हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाका चालू अधिवेशन अन्त्य भएको छ । दुबै सदनका अधिवेशन ‍आज राति १२ बजेबाट अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशनको अन्त्य गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा संघीय संसदको दुबै सदनको चालू अधिवेशन संवत् २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु’ राष्ट्रपतिले संसदलाई पठाएको पत्रमा भनिएको छ ।

राष्ट्रपतिको पत्र दुबै सदनमा जानकारी गराइएको छ ।

टीआरसी विधेयक चालू अधिवेशनबाट पारति गर्ने भनिएपनि दलहरुबीच थप छलफल आवश्यक भएको भन्दै पास गरिएन । शिर्ष नेताहरुबीच आगामी हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal