आज :

कार्यालय कब्जा गर्न एमालेसँग बद्री केसीको गुहार ! एनआरएनए थप बदनाम बन्दै

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय कब्जा गर्न बद्री केसीले नेकपा एमालेसँग गुहार मागेपछि लफडा भाएको छ । मंगलबार केसीले आग्रहमा एमाले नेता बस्नेतसहित युवा संघका नेता कार्यकर्तालाई कार्यालय पुगेका थिए ।

युवा संघका करिब ८० जना कार्यकर्ताहरु एनआरएनएको बालुवाटारस्थित कार्यालय पुगेको बताइएको छ । अर्का अध्यक्ष आरके शर्मा समूहका एनआरएनए नेताहरु बालुवाटार आउने खबर पाएपछि केसीको आग्रहमा एमाले नेताहरु बालुवाटार पुगेको बताइएको छ ।

दिउँसो एनआरएनएको सभा हलमा युवा संघले अर्को पक्षसँगको प्रतिवादबारे छलफल भइरहेको आरके समूहले आरोप लगाएको छ । छलफल चलिरहेका बेला त्यहाँ पुगेका नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका एनआरएनए अभियान्ता ओम शर्मामाथि कुटपिट भएको थियो ।

युथ फर्सका संस्थापक अध्यक्ष समेत रहेका एमाले नेता बस्नेत र अध्यक्ष बद्री केसीको उपस्थित एनआरएनएको सभा हलमा छलफल भइरहेको भिडियो र फोटो खिच्ने क्रममा आफूमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको पत्रकार शर्माले बताएका छन् । उनको मुखबाट रगत बगिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

हालै सम्पन्न ११ औं महाधिवेशनमा धाँधली गरेर केसीलाई निर्वाचित घोषित गरिएको भन्दै आरके शर्माको अध्यक्षतामा अर्को समिति बनेको छ ।

अहिले यी दुई समूहले आफू आधिकारिक भएको बताउँदै बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेको संघको कार्यालय कब्जाको होडबाजी चलेको छ । कार्यालयमा कब्जाको लागि केसीले एमाले युवा संघलाई गुहारे विवाद बढाएको आरोप आरके समूहले लगाएको छ ।

उता केसी समूहले भने मंगलबार एमाले नेता महेश बस्नेतसहितका नेताहरु बधाई दिन आएको बेला अर्को समूह दलबलसहित आएको आरोप लगाएको छ ।

दुबै समूहका गतिविधिले एनआरएनएलाई भने थप बदनाम गराएको छ । संघप्रतिको नेपाल र विदेशमा नेपालीको बुझाई गलत बन्दै गएको छ ।

पत्रकार समेत रहेका एनआरएनएका अभियान्ता शर्मामाथिको कुटपिटको चौतर्फी विरोध भइरहेको छ ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले घटनाप्रति खेद व्यक्त गरेका छन् भने नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शर्मामाथि भएको सांघातिक आक्रमण खेदजनक भनेका छन् । नेपाल पत्रकार महासंघ युरोपका कार्यवाहक अध्यक्ष केजिन राईले एक विज्ञप्ति नै जारी गर्दै घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाका जिम्मेवार व्यक्तिहरु साथै आक्रमणकारीहरुलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

यसैबीच एमाले नेता बस्नेतविरुद्ध प्रहरीमा उजुरी पुगेको छ । शर्माले आफूमाथिको कुटपिट बस्नेतकै निर्देशनमा भाएको भन्दै कारवाहीको माग गरेका छन् ।

पत्रकार शर्माले आफू एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेतको उपस्थितिमा कार्यक्रम भइरहेको बताए । उनले एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम चलिरहेको देखेपछि आफूले फोटो खिच्न खोज्दा कुटपिट भएको बताए ।

१० औं महाधिवेशनमा बद्री समूहले अनलाइन भोटिङको प्रस्तावले एनआरएनएमा विवाद विजारोपण भएको थियो । शेष घले र विनोद कुँवर पक्षले अनलाइ भोटिङले विवाद सिर्जना गर्ने र महाधिवेशनमा आफ्नो देश आउने अबसरबाट नेपाली बञ्चित गर्ने भन्दै विरोध जनाएका थिए ।

त्यतिबेला आरके समूहले पनि केसीलाई साथ दिएको थियो । एनआरएनएको विधान र उद्देश्यलाई मिच्दा पनि आरके समूहले पनि साथ दिएको परिणाम अहिलेको लफडा भएको अर्को पक्षले बताएको छ ।

अनलाइन भोटिङमा धाँधली र समानान्तर समिति हुँदै कार्यालय कब्जाको होडबाजीसम्म आइपुग्दा संघ थप बदनाम भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal