आज :

रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दाको बहस आज पनि सकिएन , भोलि पनि निरन्तर सुनुवाइ हुने

  • अनलाइन डबली

काठमाडौं ।  खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध  परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइमा रहने गरि आजको इजलास सकिएको  छ ।

सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार भोलि पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो ।

आज भएको  बहसमा  रिटको पक्ष र बिपक्षमा अधिवक्ताहरुले  बहस गरे भने , पक्षमा भएको बहसमा बिपक्षिका कानुन ब्यबसायीको जवाबी बहस समय अभावका कारण हुन सकेन  ।

नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

दशैंअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दालाई प्राथमिकतामा राखेको छ । गम्भीर कानूनी प्रश्न देखिएको भनी संयुक्त इजलासले त्यो मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal