आज :

द्रुत बस सेवाले तिहारपछि पुनः निरन्तरता पाउने

  • अनलाइन डबली

काठमाडौं । रत्नपार्क–सूर्यविनायक दु्रत बस सेवाले तिहारपछि पुनः निरन्तरता पाउने भएको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरिएको रत्नपार्क–सूर्यविनायक रुटमा चल्ने द्रुुत वस सेवा विभिन्न प्राविधिक तथा व्यवस्थापिकय समस्याको कारण बन्द रहेको छ ।

संचालनमा आएको  एक महिना नहुँदै असोज अन्तिममा बन्द द्रुत बस सेवा दिन नसक्ने अवस्थामा पुग्दा चौतर्फी आलोचना खेप्नु परेको छ  । द्रुुत वसको लागि सडकमा रातो रंग पोतिएर बनाएको डेडिकेड लेनमा अन्य सवारी पनि चलेपछि ट्राफिक प्रहरी तथा बस संचालक बीच  व्यवस्थापकिय समस्या देखिएको हो ।

यातायात व्यवस्था विभागको सहकार्यमा नेपाल यातायात व्यवसायी महासंघले सुरूमा २५ वटा बस कार्यालय समयलाई ध्यानमा राखी बिहान ९ बजेदेखि ११ बजे र अपराह्न ४ बजेदेखि ६ बजेसम्म चल्ने गरी यो सेवा सञ्चालनमा ल्याइएको थियो र यी बसहरू गुड्ने समयमा डेडिकेटेड लेनमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई निषेध गरिएको थियो ।

तर उक्त लेनमा नियमको पालना नभएपछि व्यवस्थापकिय तथा प्राविधक समस्या देखिएकोले व्यवसायीहरू द्रुत बस सेवा सञ्चालनबाट पछि हटेका हुन ।

अर्को तर्फ रातो रंग पोतिएको लेनमा अरु सवारीसाधन चलाउन नदिइएपछि ट्राफिक व्यवस्थापन निकै भद्रगोल हुन पुगेको कारण एम्बुलेन्स र वारुणयन्त्रले अलग लेन नपाएको अवस्थामा सीमित बसका लागि सडक छुट्याइएको भनेर सरकारको चर्को आलोलचन पनि हुँदै आएको छ ।

यता मन्त्री ज्वालाले सो वस पुन सञ्चालनका लागि तिहार बिदासम्म प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउने बताएका छन ।

मन्त्री ज्वालाले प्राविधिक र व्यवस्थापकीय समस्या समाधानका लागि भन्दै मन्त्रीले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेका छन ।

विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बसका लागि रंग पोतिएको लेनमा अब डोरी लगाइने बताए । रंग पोत्ने प्रयोजनका लागि मात्र करिब २ करोड रुपैयाँ खर्च गरिएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal