काठमाडौँ। मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका प्रहरी जवान जीवराज तामाङलाई सोमबार पक्राउ गरीएको हो । उनलाई सोमबारनै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि थप एक ब्यक्ति समेतलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ ।