 
	
काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन बन्द भएको छ। आर्थिक अभावका कारण सिमेन्टका लागि अतिआवस्य्क कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको हो ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आर्थिक समस्याले आवश्यक कच्चा पदार्थ खरिद गर्न नसकिएको बताए ।
आर्थिक सङ्कटबारे अध्ययन गरेर प्रतिवेदन सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने महाप्रवन्धक पाण्डेको भनाइ छ ।
दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता भएता पनि कच्चापर्दार्थ कोइला पर्याप्त मात्रामा खरिद गर्न नसक्दा तथा पुरानो मेसिन जीर्ण हुँदै गएकाले उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात् करिब चारदेखि पाँच सय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको छ , जसका कारण बजारको माग बमोजिम वितरण गर्न नसक्दा बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ।उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक पर्दछ ।
उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुआत गरेको थियो । उद्योगमा १९० कर्मचारी कार्यरत छन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


