आज :

जर्मनीमा खड्काको अध्यक्षतामा एनआरएनएको नयाँ कार्यसमिति गठन, अध्यक्ष कुँवरले मान्यता दिने

  • अनलाइन डबली

काठमाडौं । जर्मनीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

अक्टोबर २९ मा जर्मनीमा रहेका एनआरएनहरुको भेलाले राजकुमार खड्कको अध्यक्षतामा नयाँ एनसीसी गठन गरेको हो। समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

जर्मनीमा २०२१ को निर्वाचन गैरकानुनी भएको भन्दै अदालतबाट खारेज गरेको थियो ।

भेलाले शेष घले संरक्षक र विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएमा आफूहरु रहेको बताउँदै मार्च २-३ मा नेपालमा हुने महाधिवेशनमा सहभागि हुने निर्णय समेत गरेको छ ।

त्यसैगरी नयाँ कार्यसमितिले कानुनी सल्लाहमा संस्थाले गतिबिधि र प्रक्रिया पूरा गर्ने निर्णय गर्दै जर्मनीमा रहनुहुने सम्पूर्ण एनआरएनहरुको प्रतिनिधित्व गर्ने गरी लाग्ने अध्यक्ष खड्काले बताए ।

नयाँ कार्यसमितिलाई एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष बिनोद कुँवर र महासचिव जानकी गुरुङको हस्ताक्षरसहितको मान्यता दिएको पत्र पठाउने तयारी भइरहेको छ ।

समितिले विभिन्न विचार र आस्था राख्ने सबैलाई सम्मानजनक अवस्था बनाउने खड्काले बताए ।

बद्री-आरके समूहले ११ महाधिवेशनमा भएको आफूहरुको समेत बदनाम हुने गरी हरकत गरेको बताउँदै विभिन्न देशमा भएका राष्ट्रिय समिति शेष घले संरक्षक र विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएमा जोडिने थालेका छन् ।

यस्तो छ नव गठित कार्यसमिति 

१ ) राज कुमार खड्का

२) शिबकला गुरुङ ( सानु गुरुङ )

३) अनु शाह

४) आशिष गुरुङ

५) सकुन्तला खनाल

७) मौशम साक्य

८) नैनाकला वेलमान

९) लीला गुरुङ

१०) मिना कार्की

९) प्रकाश खनाल

१०) सर्मीला रोक्का

११) दीपेश खत्री

१२) सुजिता श्रेष्ठ

१३ ) प्रशान्त पोखरेल

१४ ) पासाङ्ग शेर्पा

१५ ) रञ्जीता श्रेष्ठ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal