आज :

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

  • अनलाइन डबली

काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव बिष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ बर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।

भिडियोले गीतको सुन्देशलाई सिगार्ने काम गरेको छ । रेष्टुरेन्टको महोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ बर्षको उमेरमा के कस्ता खतराको आएपर्छ भनजेर देखाइएको छ । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफुले गरेको गायक बर्देवाले बताए । आगामि दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal