काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


अनलाइन डबली

