आज :

टी–२० विश्वकप एसिया छनोट आजबाट, नेपालले सिंगापुरसँग पहिलो खेल खेल्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका फाइनल खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल पनि टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे र समूह बी कै अर्का दुई टोली हङकङ र कुवेतबीचको खेल पनि दिउँसो सवा १ बजे मुलपानीमा नै आयोजना हुनेछ ।

१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।

घरेलु मैदानमा हुने छनौट खेलमा शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर पाएको नेपालले मौकाको सदुपयोग गरी उम्दा प्रर्दशनमार्फत विश्वकप पुग्ने लक्ष्य पूरा हुनेगरी आज प्रर्दशन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal