काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् ।
रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटेरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् ।
आइतबार गुटेरेसले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।


अनलाइन डबली

