आज :

राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इजरायल, इन्टरनेट-फोन काटेर गाजामा जमिनबाट पनि आक्रमण

  • अनलाइन डबली

काठमाडौं । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको छ ।

राष्ट्रसंघको आह्वानभन्दा पहिले हवाई हमला मात्रै गर्दै आएको इजरायलले अहिले स्थलगत रुपमा पनि हमला सुरु गरेको छ । इजरायलले गाजालाई संचार सम्पर्कबाट बिच्छेद गरेर हमासको सुरुङमा आक्रमण शुरु गरेको छ ।

इजरायलले गाजामा इन्टरनेट र फोन सेवा बन्द मात्रै होइन कुनैपनि मानवीय सहयता पनि जान दिएको छैन । अहिले गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।

इजरायली सेनाले गाजामा के गरिरहेको छ भन्ने कुरा विश्व समुदायबाट टाढा पुगेको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।  उनले यो युद्ध निकै कठिन रहेको समेत बताए ।

सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् ।

यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

गाजामा इजरायलले गरिरहेको हमलाको विपक्षमा १२० देशले मतदान गरेपछि राष्ट्रसंघले युद्धविराम गरी मानवीय साहयता जान दिन आह्वान गरेको थियो । तर, इजरायलले त्यसलाई अस्वीकार गर्दै थप हमला गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal