Skip
आज :

त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईलाई, नेपालको कमजोर प्रस्तुती

  • अनलाइन डबली

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईले जितेको छ ।

नेपालले यूएईलाई दिएको १ सय ६३ रनको लक्ष्य यूएईले ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर १६२ रन बनायो । १ सय ६३ रनको लक्ष्य पछ्याएको युएईका लागि ओपनर व्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।

२२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे ।

निकै राम्रो व्याटिङ गरिरहेका क्याप्टेन वसीमलाई नेपाली बलर गुल्सन झाले आउट गराए । नेपालका लागि अविनास बोहरा र गुल्सन झाले समान २/२ विकेट लिए । कुशल मल्ल १ विकेट लिए । २५ बल खेलेर २६ रन जोडेका वृतिया अरविन्द रुद्रावेललाई दिपेन्द्र सिंह ऐरिले रन आउट गराए ।

टस हारेर सुरुवाती व्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए ।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै जना आउट भए । १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए।

यूएईका आयान खानले तीन विकेट लिँदा अली नासीर र जाहुर खानले समान २–२ विकेट लिए ।

आजको खेलमा नेपाली खेलाडीहरुले कमजोर खेलेका कारण यूएईले सजिलै उपाधि हात पार्न सफल भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal