आज :

त्रिकोणात्मक टी–२० आई सिरिज : उपाधिको लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुने

  • अनलाइन डबली

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि भिड्न लागेका हुन् ।
डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल पुगेको हो ।

टी–२० आईमा नेपाल र यूएईबीच हालसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएईले तीन वटा खेल जितेको छ । नेपाली टोलीका लागि चिरपरिचित प्रतिस्पर्धी मानिने टोली युएईसँग आज हुने खेल रोचक हुने मानिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal