आज :

उपाधि जितेर फर्किएको टोलीका कप्तान खनाल भन्छन्- हाम्रो मुख्य परीक्षा बाँकी नै छ

  • अनलाइन डबली

काठमाडौं । एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली किक्रेट टोलीका कप्तान देव खनालले आफूहरुको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन् ।

मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरुको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो टोलीले वल्र्डकप र एसिया कप क्वालिफलायर गर्यौं । मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ । टेस्ट प्लेइङ राष्ट्रका टोलीहरुसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो टेस्ट सुरु हुन्छ ।’ उनले सबैले राम्रो प्रर्दशन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको समेत बताए ।

‘हामी सबैजनाको माइण्डसेट क्लियर थियो । त्यही १४ जनाले टीमले वल्र्डकप क्वालिफायर गरायौं, यही टीमले एसिया कप पनि क्वालिफायर गराउँछौं भन्ने नै थियो । हामी सबै जनाको ध्येय नै टीमलाई क्वालिफायर गराउने थियो । सोही अनुसार टोलीले ग्राउण्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौं’, खनालले भने ।

एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्केको हो । क्यानका पदाधिकारी तथा क्रिकेट सर्मथकले फुलमाला र खाँदाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal