काठमाडौं । आजबाट दशैँ सकिँदैछ । हिजो टीका लगाउन नपाएकाहरुले आज (बुधबार) पनि लगाइँदै छन् । मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउन लागेका हुन् । योसँगै दशैं सकिने भएको छ ।
दशैं मनाउन घर वा परिवारसँगै रमाइलो गरेर अब कर्मथलो तयारी थाल्ने भएका छन् । कतिपय तीन दुई दिनपछि भिडभाँड हुने भएकोले आझै कर्मथलो फर्कने लागेका छन् ।
विहीबारसम्म सार्वजनिक बिदा छ । शुक्रबारबाट कार्यालय खुल्ने भएकोले फर्किन चटारो हुने भएको छ ।
नौ दिनसम्म दशैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।