आज :

इजरायल-हमास युद्ध: तीब्र ध्रुविकरण हुँदै विश्व, गाइडेड मिसाइल बोकेका चिनियाँ ६ जंगी जहाज इरान पुगे

  • अनलाइन डबली

काठमाडौँ । गाजापट्टीमा इजरायलले गरेको नरसंहारले विश्व राजनीतिलाई थप ध्रुविकरण गर्ने निश्चित भएको छ । युक्रेनमा रुसी सैन्य कारवाहीसँगै दुई ध्रुविमा विभाजित भएको विश्व राजनीतिक थप तरंगित भएको छ ।

विश्वका शक्तिशाली देशहरुले आफ्नो कित्ता स्पष्ट पार्दै गएका छन् । इजरायल गाजामा प्रवेश गरेर युद्धले नयाँ रुप लिने इरानले चेतावनी दिइरहेको छ भने इजरायलको सहयोगको लागि अमेरिकाले युद्ध जहाज तैनाथ गरिसकेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युएसएस जेराल्ड आरले एउटा फोर्ड विमानवाहक जहाज, एउटा मिसाइल क्रुजर र चारवटा क्षेप्यास्त्र भूमध्यसागरमा पठाएको बताएका थिए । उनले इजरायललाई थप उपकरण र गोलाबारुद पनि दिइने समेत बताए ।

यसरी अमेरिकाले खुलेर इजरायललाई सैन्य सहयोगको घोषणासँगै मध्यपूर्वलाई चीनलगायतका देशहरुले पनि आफ्नो विषय बनाएका छन् । गाजाको विषयलाई लिएर इरानले दिएको चेतावनीपछि अमेरिकले इरानलाई पनि धम्की दिएको छ ।

अमेरिकाले धम्की दिएको केही घण्टामै चीनले विमानवाहक सैन्य जहाज इरान पठाएको छ । चीनका ६ सैन्य जहाज इरानको जल क्षेत्रमा पुगिसेका छन् ।

चीनले टाइप–५२ जहाज पठाएको छ । जसमा गाइडेड मिसाइल जडित छन् । ६४ वर्टिकल मिसाइल प्रहार गर्न सक्छ । २ सय किलोमिटरसम्म मार हान्न सक्ने जहाज पहिलो खेपमा चीनले पठाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

त्यसैगरी इरानलाई रुसले पनि साथ दिएको छ । रुसले सैन्य सहयोगको खुलेर कुरा नगरेपनि आवश्यकता अनुसार सहयोग गर्ने बताइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal