आज :

एसीसी यू-१९ प्रिमियर कपः उपाधिको लागि नेपालले यूएईलाई दियो २८१ रनको चुनौती

  • अनलाइन डबली

काठमाडौं । एसीसी यू १९ प्रिमियर कपको उपाधिको लागि नेपालले यूएईलाई २८१ रनको चुनौती दिएको छ । मलेसियामा जारी खेलमा बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । ९२ बल खेलेका खनाल एक सय रन बनाएर आउट भए । उत्तम मगरले ५७, ओपनर अर्जुन कुमालले ५५, दीपक डुम्रेले २८ रन र दीपेश कंडेलले १० रनको योगदान दिए ।

दीपक बोहरा ५, विशालविक्रम केसी ३, हेमन्त धामी ७ रनमा आउट भए । १४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान खनाल र ओपनर कुमालले सम्हालेका थिए । यूएईका लागि हरिट सेट्टीले सर्वाधिक ५ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal