आज :

सिण्डिकेट लागु गर्न खोज्दा एनआरएनए विभाजित, अनलाइन भोटिङ उद्देश्य विपरित : अध्यक्ष कुँवर

  • अनलाइन डबली

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संघभित्र सिण्डिकेट लगाउने र संघको उद्देश्य विपरितका कार्य भएकै कारण संस्था विभाजित अवस्थामा पुगेको बताएका छन् ।

विश्वमा रहेका नेपालीहरु सधैं नेपाली भएर बाँच्न पाउनुपर्छ भन्ने गैरआवसीय नेपालीकाे भावना रहेको बताउँदै अध्यक्ष कुँवरले त्यसको लागि दुई वर्षमा एकपटक नेपाल जाने भनेर नै विश्व सम्मेलन नेपालमै गर्ने व्यवस्था गरिएको बताए ।

दशैं तथा तिहारको अबसरमा विपिन गुरुङले नेतृत्व गरेको एनआरएनए कोरियाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कुँवरले संघको उद्देश्य विपरित जबरजस्त ल्याइएको अनलाइन सिस्टम काम नभएको बताए । उनले अनलाइन भोटिङ सिस्टमबारे यसअघि प्रमुख संरक्षक शेष घलेले स्वीकार गर्दा विभाजित हुने भनेको कुराको स्मरण गराए ।

“गैरआवसीय नेपाली संघको उद्देश्य विश्वमा रहेका हामी नेपालीहरु सधैं नेपाली भएर बाँच्नुपर्छ । विश्वको जुनकुनामा बसेर पनि नेपालीपन छोड्नु हुँदैन । दुई वर्षमा नेपालमै जानुपर्छ भनेर नेपालमै महाधिवेशन गर्ने व्यवस्था गरिएको हो । तर, केही व्यक्तिले अनलाइन भोटिङलाई जबरजस्त बहसमा ल्याए, संघका प्रमुख संरक्षक समेत रहेका शेष घलेले अनलाइन भोटिङ सिस्टम गलत छ, यो गर्नु हुँदैन भनेर भन्नुभएको थियो । यो संस्थालाई आवश्यक छैन, यसले विभाजित गराउँछ भन्नुभएको थियो” अध्यक्ष कुँवरले भने ।

एनआरएनए तल नभएर केन्द्रबाटै विभाजित गराइएको बताउँदै अध्यक्ष कुँवरले भने, “कोरियामा एउटै एनआरएनए भन्छु, यो विभाजन कोरियाको होइन, यो त केन्द्रले विभाजन गराएको हो । यो त्रृटिले गर्दा दुईवटा बन्न पुगेका हुन् । मैले आठौं कार्यसमितिमै भनेको थिएँ, यो केन्द्रले विभाजन गराएको हो । १० औं महाधिवेशन नेपालमा हुँदै गर्दा कुमार पन्थीको नेतृत्वमा कार्यसमितिले ल्याएका एजेण्डाका कारण आजसम्म संस्था विभाजित भइरहेको छ ।” उनले यसको समाधान तल नभएर माथि नै खोज्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal