आज :

आफ्नै समूहमा बद्री केसी एक्लिए, दुई अध्यक्ष र अध्यक्षका प्रत्यासीले भने- शपथ अवैध

  • अनलाइन डबली

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बद्री समूह बिभाजन मात्रै नभएर विसर्जनकाे बाटोमा अगाडि बढेको छ । शुक्रबार निर्वाचनमा भएको धाँधलीकाे छानविन गर्न तयार भएका केसीले शनिबार एकाएक शपथ लिए । योसँगै यो समूह विभाजनमात्रै हाेइन विसर्जनको डिलमा पुगेको छ ।

उक्त समूहकाे ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफूलाई आफै अध्यक्ष घोषित गरी दिएको शपथ अवैध भएको जनाएका छन्। त्यस्तै दुई जना अध्यक्ष कुल आचार्य र रविना थापाले पनि उक्त शपथ विधान विपरित भएको बताएका छन् ।

अध्यक्षका प्रत्यासी शर्मा र श्रेष्ठले समानान्तर समिति बनाएका छन् भने आचार्य र थापाले पनि महाधािवशनको निरन्तरता दिएको बताएका छन् । उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकाले त्यो मान्य नहुने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए।

नतिजाप्रति धाँधली भएको भन्दै प्रश्न उठेपछि शुक्रबार अध्यक्ष कुल आचार्य, रबिना थापा र केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न सहमति जनाएका थिए। तर, उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएका थिए।

‘देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ। संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइनँ, श्रेष्ठले भने।

त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनी पक्षीय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए।

शर्माले शपथ हामीलाई मान्य नभएको बताउँदै एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal