Skip
आज :

अन्ततः फुट्यो एनआरएनए बद्री समूह, आरके शर्माको नेतृत्वमा नयाँ समिति

  • अनलाइन डबली

काठमाडौँ । अनलाइन भोटिङमा भएको धाँधलीको छानविन गर्नको साटो बद्री केसी समूहले नयाँ समितिले शपथ खुवाएसँगै गैरआवसीय नेपाली संघ (एनआरएनए) बद्री समूह विभाजन भएको छ । पुनः मतदान गर्नुको माग राख्दै अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले परिणामलाई अस्वीकार गर्दै समानान्तर समिति बनाएका हुन् ।

आफ्नै लगानी रहेको भेरो अनलाइन भोटिङ सफ्टवरलाई नियन्त्रणमा लिई झेल गरेर बद्री केसीले आफूलाई नयाँ अध्यक्ष घोषणा गर्न लगाएको शर्मा र श्रेष्ठले दाबी गर्दै आएका थिए । छानविनको लागि साइबर ब्यूरोमा समेत उजुरी पुगेको छ  । तर, विना छानविन शपथ खाएपछि एनआरएनए विभाजन भएको हो ।

सोल्टी होटलमा बद्री समूहले नयाँ कार्यसमितिलाई शपथ खुवाएपछि होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले छुटै भेला गरेर चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेका छन् । अध्यक्षका प्रत्यासी श्रेष्ठले शर्मालाई समर्थन गरेका छन् ।

निवर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने सहमति भएको थियो ।

तर, बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराएको छ ।

आन्तरिक सहमति केसी समूहले तोडेपछि आफूहरु अगाडि बढ्न बाध्य भएको आरके शर्मा पक्षले बताएको छ ।

१० औं महाधिवेशनबाट चोइटिएको बद्री समूह फेरि फुटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal