आज :

एनआरएनए बद्री समूहमा भाँडभैलो: सिस्टम ह्याक गरेर केसीलाई विजयी घोषणा, आरके र महेशले मतपरिणाम नमान्ने 

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको छ । उक्त समूहको अध्यक्षमा बद्री केसी विजयी भएको घोषणा गरिएको छ । तर प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठले धाधली भएको भन्दै मत परिणामलाई अस्वीकार गर्ने बताएका छन् ।

घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

अध्यक्षका प्रत्यासी आरके शर्माले अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको बताए । उनले संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए ।

त्यस्तै, अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताउँछन् । उनले निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने बताए ।

पराजितले मात्रै होइन उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको बताए । उनले आफूलाई निश्पक्ष देखाउन जिताइएको बताउँदै स्वीकार नगर्ने बताउँदै निष्पक्ष छानविनको माग समेत गरे ।

केसीले भेरो नामक अनलाइन सिस्टम नै ह्याक गरेर आफूलाई विजयी घोषणा गर्न लगाएको आरोप लागेसँगै निष्पक्ष निर्वाचनमाथि नै प्रश्न उठेको छ ।

सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली भएको नै भएको दाबी गरिएको छ ।

चुनाव जित्नेको लागि धाँधलीको आरोप अहिलेमात्रै हाेइन केसी उपाध्यक्ष र महासचिव हुँदादेखि नै  उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

केसीले महासचिवमा आफू निकट गौरीराज जोशी निर्वाचित गराएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal