आज :

इजरायलले गाजामा गरेको नरसंहारबारे सरकारले मुख खोल्यो–हमलाको निन्दा गर्दछौं

  • अनलाइन डबली

काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा इजरायले गरेको अमानवीय हमलाबारे मुख खोलेको छ । इजारायल र प्यालेस्टाइनबीचको विवाद वार्ताको माध्यबाट समाधान गर्नुपर्ने बताउँदै आएको नेपालले भने गाजाको एक अस्पतालमा गरेको हमलाको निन्दा र भत्सर्ना गरेको छ ।

अस्पतालमा उपचार गराइरहेका घाइते तथा बिरामी र चिकित्सकको ज्यान गरी भएको हमलाको सरकार निन्दा गरेको हो ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गर्दै घाइतेको स्वस्थ्य लाभको कामना गरेको छ ।

“गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal