आज :

निगमका सबै जहाजहरु सञ्चालनम. उडानमा कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही गर्न निर्देशन

  • अनलाइन डबली

काठमाडौँ ।  नेपाल वायु सेवा निगमको सम्पूर्ण जहाज  संचालनमा रहेको निगमले जनाएको छ ।  निगमले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै  गत केही दिन देखि निगमका जहाजहरुमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउण्डेड भई उडानहरु प्रभावित भएको हुँदा नियमानुसार आवश्यक मर्मत पश्चात नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा २९ गते देखि  नै सबै जहाजहरु नियमित उडानमा रहेका जानकारी दिइएको हो  ।
अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनिकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान प्रतिवद्ध रहेको निगमको भनाइ छ ।
साथै,कार्यकारी अध्यक्ष युबराज अधिकारीले यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कडा निर्देशन दिदै उक्त जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही गर्न निर्देशन दिनु भएको छ  ।

 

रमेश पौडेल
(प्रवक्ता)

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal