आज :

विशुद्ध प्राकृतिक पर्व दशैं–तिहार हिन्दुको होईन

  • अनलाइन डबली

पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता
आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैं र कार्तिक कृष्णत्रयोदशीदेखि द्वितीयासम्म पाँच दिनको चाड तिहार प्राकृतिक आधारमा एकै मानिन्छ । विशेषतः दशैं वर्षमा चार पल्ट मनाइन्छ, ।
चैत्रशुक्ल प्रतिपदादेखि रामनवनमीसम्म चैतेदशैं , माघशुक्ल प्रतिपदादेखि दशमीसम्म माघेदशैं,आषाढशुक्ल प्रतिपदादेखि दशमीसम्म हिलेदशैं , आश्विनशुक्ल प्रतिपदादेखि दशमीसम्म बडादशैं तर चैतेदशैं र बडादशैं विशेष किन ? ।
बूढापाकाहरू अहिले पनि भन्छन्– गर्मीका कारण आश्विनमा सारिएको हो । तर जुनसुकै जात्रा–पर्वलाईपनि हिन्दूहरूको महान् पर्व भन्ने थेगो झुन्ड्याइँदा एकातिर हिन्दुस्थान (भारत) को राष्ट्रियतालाई अङ्गीकार गर्न बाध्य छौं भने अर्को तर्फ नेपाली हावापानी सुहाउँदो प्राकृतिक पर्व दशैं तिहारको मुल मर्ममा भुल परेको छ । हुनपनि चैत, वैशाख,जेठमा हावाहुरीले दुःख दिने,असार, साउन र भदौमा बाढी–पहिरो र वर्षात्ले सताउने, मंसीर, पुस र माघ महिनामा जाडोले कठ्याङ्ग्रिने नेपाली हावापानीको स्वभाव हो । यस्तो उपद्रवबाट बच्दै ठूलो रोगव्याधि, दुःखबाट पार पाएको खुसीयालीमा आश्विन–कार्तिकको ऋतुराज शरदमा नेपालीले दशैं र तिहार मनाउन थालिएको हो ।
घटस्थापनादेखि पूर्णिमासम्म दशैं ः्
नेवारहरू दशैंलाई मोहनी र तिहारलाई स्वन्ति भन्छन् ।
दशैंको पहिलो दिन घटस्थापना (नलास्वनेगु ) द्योछेंमा नदीको बालुवा ल्याई चोखो जौ, तिल, मकै, गहुँको जमरा राखिन्छ ।
काठमाडौं हनुमानढोका र तलेजु घरमा जमराराखि भोलिदेखि नवरथा घुम्न जाने परम्परा छ ।
काठमाडौंमा अष्टमातृका ः
भद्रकाली (लुमडी), संकटा,महांकाल,शोभाभगवती, इन्द्रायणी, (लुतिमरु अजिमा), नक्साल भगवती, मैतीदेवी , कालिकास्थान, टुँडालदेवी (तोणँ अजिमा) दक्षिणकाली पुग्ने गर्दछन् ।
ललितपुरका १० महाविद्या ः
(भैरवी, पूर्णचण्डी, मातङ्गी, तारा, बंगलामुखी, त्रिपुरासुन्दरी, भुवनेश्वरी, धुमावती र छिन्नमस्ता)
भक्तपुरमा नवदुर्गा ः
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीलाई पुज्ने र पञ्चबलि (हाँस, कुखुरा, भेडा, बोका र राँगा दिईन्छ । कुमारीलाई मूलमानी घरको मूलढोकामा पुजिन्छ दशैंमा ।
पचिम्ह«ः (आश्विनशुक्ल पञ्चमी) ः
कलिसंवत् ३८२५मा राजा गुणकामदेवले काठमाडौं नगर म्हेपीलाई मञ्जुश्री खड्गको शिर र पचलीलाई बीँड बनाई स्थापना गरे । फर्पिङका राजा मानिने पचली भैरव प्रत्येक दिन टेकुस्थित नईअजिमा (खड्गी कन्या) सँग प्रेमालापगर्दै रात बिताउँथे । एक दिन अभिभावकले थाहा पाई कुटपिट पछि पचली–झाडीमा फ्याँकिदिए छ । जहाँ प्रत्येक वर्ष दशैंको पञ्चमीका दिन तामाको घ्याम्पोमा खड्गधारी त्रिशूल, ढाल, विन्दु मुद्रा सहितको भैरव जात्रा गरिन्छ । टाउकोमा बुद्ध अङ्कित तर घ्याम्पोभित्र जाँड,रक्सी भरीे काेंचाद्यो जात्रा गरिन्छ । जात्रा दलाछीं, बकछें (इनाखा), यङ्गाल, न्हुघः, नायापाच्वःका ज्यापूहरूले पालैपालो बर्सेनि चलाउँछन् ।
फूलपाती नवरथाको सातौं दिनः
दशैंको सप्तमीका दिन गोर्खा दरबारबाट मगर समुदायले बोकी हनुमानढोकाभित्र नवपत्रिका (केरा, कल्चु, हलेदो, वैजयन्ती, बेल, दारिम, अनार, अशोक, माना , पिँडालुको बोट,पात र धानकोबाला ) तरिकासँग बोकेर फूलपाती भित्रायाउने र टुँडिखेलमा राष्ट्र प्रमुखको उपस्थितिमा फूलपाती बढाइँ गरिन्छ ।
महाअष्टमी (कुछिभोय्) ः
आश्विन शुक्ल अष्टमीका दिन मूल दशैं नुहाई–धुवाई शुद्ध चोखो भई समयबजी (समय, चिउरा, कालो भटमास, छोयला, गोजा) आदि राखेर पेखालुखा (घरको मूल ढोकाअगाडिको पृथ्वी), गणेश (गणशक्ति) र पञ्चबुद्ध पूजा गरिन्छ । थापँ पूजापछि साँझ नेवारहरु केराको पातमा कुछी भोय् (दुई माना चिउरा), नौ थरी घासा ( राँगाको मासु, बोडी, साग, आलु, अचार) राखी भोज खाइन्छ । दुई माना खान नसक्नेले मानामा कागज कोच्छन् ।
मरु गणेश जात्रा ः
कुछिभोय् (अष्टमि) देखि असं चालंसम्म हुने, मरु गणेश जात्रा राजा लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डप निर्माण गर्नु अघि जामन गुभाजुले बौद्ध पद्दतिमा देवन्यासगरी चलाएको आख्यान छ । एक समय असन अन्नपूर्ण देवीस्थित अस्वाँ रुख (अशोकारिष्ट ) को हाँगा मरु गणेशसम्म फैलिएकोहुँदा अन्नपूर्ण र मरुगणेशलाई आमा छोरा मानिन्छ । तहविल चोकका धमना साय्मिले मरुमा गजुर लगाउँदा अशुभ भएपछि क्षमाअष्टमी जात्रा थालिएको हो ।
नोचा गुथिको पुजाः
साँझ नाय्खिं बाजाले थकाली ल्याएपछि द्योछेंबाट देवता खटमा प्रतिष्ठापित गराइन्छ । थकालीले ताय,अम्बा,केरा,मुला, फूलमाला सहित ३ वटा बोकाबली दिएपछि खटलाई कुमारी रथारोहण गर्ने मार्ग थने र कोनेमा घुमाउँछन् । मध्यराती मरु यज्ञकुण्डमा ३२ थरी अन्न होम र राँगा बली नवमिमा दिईन्छ ।
महानवमी (स्याक्वत्याक्व) ः
कौलाथ्व नवमी ( नवमी ) लाई दशैंको मूल काालरात्रि भनी महालक्ष्मी, सरस्वती,महाकाली पूजा हुन्छ । अन्न, धन,शास्त्र (अर्थ, ज्ञान र शक्ति) स्थिरताका लागि देवीलाई कुखुरा, हाँस, बोका, राँगा, च्याङ्ग्रा बलि दिइन्छ । संस्कार अनुरूप वज्र, घण्टा, ताला, पुस्तक, अन्न, कुटो–कोदालो थापना गरी माकःचामा मोहनी (कालो टीका) थापिन्छ । मोहनीको अर्थ कालो टीका थापी तन्त्र साधना गर्नु नैे हो । यस दिन कारखाना, पसल, मेसिन,सवारीसाधनलाई बलि दिएर पूजिन्छ । काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर भक्तजनका लागि खुल्ला गरिन्छ । भक्तपुरको नवदुर्गामा विधिवत पुजा लगतै जाँड रक्सि खुवाएर मातेको राँगालाई लखेटी लखेटी व्रम्हायणी पुर्याएर वध गरिन्छ । सोही राँगाको अस्तिपञ्जर जोडेर पुजा जात्रा गर्ने अलौकिक संस्कार हुन्छ याहाँ ।
दशैंको पायोजात्रा र तलेजुमा राँगाबलिः
शक्ति साधक नेवार आफ्नो शरीरमा आफैंले देवता चढाई मनोकांक्षा पूरा गर्दछन् । यसका लागि काठमाडौंकोहनुमानढोका, भक्तपुर र पाटन तलेजुबाट पायो जात्रा निकालिन्छ । पायो,,खड्ग जगाउने आगम र निगमतन्त्रको गुढ विधि हो । यस दिन हनुमानढोका तलेजुचोकमा १०८ वटा राँगा, बोका बलि दिईन्छ । खड्ग हातमा लिई तलेजु आगमघरबाट निकालिँदा खड्गधारी व्यक्तिमा देवता चढीरहेको हुन्छ । कथानुसार राजा गुणकामदेवले पीठ जगाउन पायोजात्रा थालेका हुन् । भक्तपुरमा भने राजा हरिसिंहदेवले तलेजुबाट पायोजात्रा निकालिएको हो । पायो दर्शनले अष्टमहाभयबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरिन्छ ।
दशमी टीका (विजयादशमी) देखि पूर्णिमासम्मः
आश्विनशुक्ल दशमी (कौलाथ्व)का दिन बिहान नित्यपूजा चोखोनितोगरी घटस्थापना (थापं) का दिन राखिएको जमरा घरको मूली महिलाले (थकालीनकींले) पूजागरी निकाल्छन् । यस दिन आगमबाट, रातो वस्त्र लगाई कुमारी, पहेंलो वस्त्र लगाई बसुन्धरा, सुन्तला रंगका लुगा लगाई अजिमाँ र नीलो लुगा लगाई भैरवी पायो निकालिन्छ । असन पायो भने एकादशीका दिन निकालिन्छ । विजया दशमीका दिनदेखि मान्यजनका हातबाट टीका थाप्ने कार्य आश्विन पूर्णिमासम्म रहन्छ । मातृशक्तिको उपासनाका दिनका रूपमा लिइने दशमीको भोलिपल्ट मरुगणेशलाई देवताघरमा राखि खटजात्रा गरिन्छ । आश्विनशुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीघःमा दीपावली र पूर्णिमाको साँझ मत्र्यमण्डलमा घुम्न आउने महालक्ष्मी पुजाको लागि रातभर आकाशदीप बालिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal